
काठमाडौं, २१ भदौ । पछिल्लो २४ घण्टामा देशभर ९८० जना कोरोना संक्रमित थप भएका छन् ।
२९० जना महिलासहित सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
यससँगै संक्रमितको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ८ सय ५७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २८ हजार ९ सय नाघेको छ ।
हाल देशभर १७ हजार २७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ सय ८९ जना पुगेको छ ।















प्रतिक्रिया