
डडेल्धुरा, २१ भदौ । सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशाला र सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १८१ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै बझाङका १० र डडेल्धुराका २ गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बझाङको बुङ्गल नगरपालिकाका १० र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जना छन् ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १०१ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
इन्चार्ज श्रेष्ठले ७ जना पुरुष र ४ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। उनका अनुसार अछामको तुर्माखाँद गाउँपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो ।















प्रतिक्रिया