६ मंसिर २०८३, आइतबार

काेराेनाबारे भ्रम फैलाउने पूर्ण शाहीलगायतलाई कारबाही गर्न प्राकृतिक चिकित्सक संघको माग

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले प्राकृतिक चिकित्सक हुँ भनेर केही व्यक्तिहरूले भ्रम फैलाएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महासचिव डा.रविनलाल श्रेष्ठले विज्ञप्ति जारी गरेर कुनै पनि सरकारी निकायमा दर्ता नभएका व्यक्तिले प्राकृतिक चिकित्साका विषयमा दिन अभिव्यक्तिमा विश्वास नगर्न आग्रह गरेका हुन् ।

‘विगत केही समयदेखि पूर्ण शाही लगायत अन्य केही व्यक्तिहरूले प्राकृतिक चिकित्सक हुँ भनि सर्वसाधारण तथा सञ्चार माध्यमहरूमा भ्रम पार्ने काम भइरहेको र उनको अभिव्यक्तिहरूले गर्दा जनमानसमा प्रकृतिक चिकित्सा र प्राकृतिक चिकित्सकप्रति नकारात्मक अवधारणा श्रृजना भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘प्राकृतिक चिकित्सक दर्ता हुने सम्बन्धित निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट प्राप्त जानकारी अनुसार निजहरू प्राकृतिक चिकित्सक नभएको र काउन्सिलमा पनि दर्ता नभएकोले उनीहरूको अभिव्यक्तिप्रति विश्वास नगरिदिनको लागि जनसमुदायसँग अपील गर्दछौँ’, महासचिव श्रेष्ठले भनेका छन् ।

‘कसैले प्राकृतिक चिकित्सक हुँ भनि अभिव्यक्ति दिँदा निज आधिकारिक प्राकृतिक चिकित्सक हो कि होइन भनि जानकारी प्राप्त गरि मात्र निजहरूको अभिव्यक्ति सम्प्रेषण गर्नु हुनको लागि सम्पूर्ण सञ्चारमाध्यमहरूलाई अपील गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

संघका महासचिव श्रेष्ठले प्राकृतिक चिकित्सालाई भ्रम फैलाउनेहरूलाई कारबाही गर्न पनि माग गरेका छन् ।