१ कार्तिक २०८३, शनिबार

सप्तरीमा सामूहिक बलात्कार, मुखिया र यादव पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २० भदौ । सप्तरीमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कार्बाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सन्तकुमार जैसवालले जानकारी दिए ।

गत भदौ १३ गते २१ वर्षीया युवतीलाई मुखियालगायत ५ जना युवकले सामुहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई पक्राउ गरेको र फरार तीन जनाको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक जैसवालले बताए ।