१ कार्तिक २०८३, शनिबार

ड्युटीमा रहेका प्रहरी जवानको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २० भदौ । कञ्चनपुरमा राती ड्युटीमा खटिएकै अवस्था बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ ।

दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुरा अजयमेरु गाउँपालिका–२ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो । गएराती १२ बजेतिर ५ नम्बर पोष्टमा ड्युटीमा खटिएको अवस्था ती जवान बेहोस भएका थिए ।

उनी बेहोस भएलगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।