१ कार्तिक २०८३, शनिबार

आज कहाँ–कहाँ छ चट्याङसहित भारी वर्षाको सम्भावना

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । न्यून चापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मौस बदली भइ विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार गरेको मौसम पूर्वानुमानअनुसार हाल देशभरका प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यसैगरी, शनिबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १ वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

यस्तै, शनिबार राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।