लहान, २० भदौ । सिरहाको बर्यारपट्टि गाउँपालिका– १ कचनारीमा धानमा पानी पट्याउने विषयमा विवाद हुँदा झडप भएको छ ।
झडपमा तीन प्रहरीसहित थुप्रै स्थानीय व्यक्तिहरू घाइते भएका छन् ।
शुक्रबार राति करीब ९ बजेतिर रामनाथ यादव र विजय यादवका बीच खेतमा धान हाल्ने विषयलाई लिएर विवाद भएको थियो । विदाले उग्ररुप लिएपछि झडप भएको थियो ।
अजय यादवको खेतमा रहेको बोरिङबाट कसले पहिला पानी हाल्ने भन्ने विषयमा भनाभन भएको थियो ।
पुरानो रिसिबीका कारण झडप भएको झगडा भएको स्थानीयले बताएका छन् ।
घाइते दिनेशकुमार यादवलाई १० वटा टाका लागेको छ । श्यामकुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादवलाई ३ वटा टाका लागेको छ ।
यता, एउटा समूहले राजकुमार यादवकी श्रीमती स्वस्तिकाकुमारी गिरी यादवलाई बोक्सीको आरोपमा कुटपिट गरेको छ । उनको हातमा चोट लागेको छ ।












प्रतिक्रिया