१ कार्तिक २०८३, शनिबार

चितवनमा निषेधाज्ञा खुकुलो बनाइयो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ भदौ । चितवनमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको छ । अब निषेधाज्ञामा बिहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न समेत पाइने भएको छ ।

यस्तै औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भीडभाड नहुने गरी कार्यालय सञ्चालन गर्न पनि जिल्ला प्रशासनले अनुमति दिएको छ । बैंक, वित्तीय संस्था र सहकारीका कार्यालय पनि ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

यसबाहेक अन्य पसल तथा व्यवसाय भने बन्द रहने छन् ।