६ मंसिर २०८३, आइतबार

स्याङ्जा र प्यूठानबाट अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, १९ भदौ । स्याङ्जा जिल्लाकाे अर्जुनचौपारी गाउँपालिका-१ मझपाटा बस्ने ६३ वर्षीय ईन्द्रबहादुर क्षेत्रीलाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे । क्षेत्रीले आफ्नो खेत बारीमा मकै खान आएको बाँदरलाई धपाउनको लागि पड्काएको भरुवा बन्दुकको छर्राले पैदलयात्री सोही स्थान बस्ने ४५ वर्षीय भीमबहादुर गोदारलाई लागेर गम्भीर घाइते भएपछि उक्त बन्दुकसहित क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

गोदारलाई उपचारको लागि पोखरातर्फ पठाइएको छ ।

उता, प्यूठान जिल्लाकाे मल्लरानी गाउँपालिका-५ राम्चे बस्ने ३४ वर्षीय भोजबहादुर नेपालीलाई घरेलु भरुवा बन्दुक तथा सो बन्दुकमा प्रयोग हुने ६ वटा फलामको छर्रा र करिब २ सय ग्राम बारुदसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भोजबहादुरले घरपरिवारसँग वादविवाद गरिरहने भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनको साथबाट उक्त सामानहरू फेलापारी पक्राउ गरेको हो ।