काठमाडौं, १९ भदाै । ललितपुरमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गर्ने ९ जना पक्राउ परेको छ ।
बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा आक्रोशित भीडले घिमिरेलाई कुटपिट गरेको थियो ।
ट्राफिक प्रहरीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।
एसएसपी राईका उनीहरुमाथि ट्राफिक जवानमाथि कुटपिट,स्थानीय प्रशासन ऐन २०२८ अनुसार जारी गरिएको निषेधाज्ञा आदेशको उल्लंघन,संक्रामक रोग २०२० अनुसार जारी गरिएका आदेशको उल्लंघन र ज्यान मार्ने उद्योगमा छानबिन सुरु गरिएको छ ।
आक्रमणमा पर्ने जवान कमलप्रसाद घिमिरे ललितपुरको मंगलबजारमा ड्युटीमा खटिएका थिए । जावलाखेल र मंगलबजार जाने डाइभर्सनमा आफ्ना इन्चार्ज असई कृष्ण घलानसँगै उनी ड्युटीमा खटिएका थिए । घाइते जवान ललितपुरको अल्का अस्पतालमा उपचाररत छन् ।











प्रतिक्रिया