१ कार्तिक २०८३, शनिबार

गृहमन्त्रीलाई बोकेर बागलुङका लागि उडेको सेनाको हेलिकोप्टर पोखरामा अवतरण

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । बाढीपहिरोको प्रभावितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहित बागलुङ उडेको नेपाली सेनाको हेलिकोप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ ।

खराब मौसमका कारण सेनाको उक्त हेलिकोप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको बताइएको छ । हेलिकोप्टर स्याङ्जाको आकाशसम्म पुगे पनि मौसम खराब रहेकाले पोखरा फर्किएको बताइएको छ ।

बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ । ३६ जना अझै बेपत्ता छन् ।