
काठमाडौं, १८ भदौ । डा. गोबिन्द केसीले अनशन स्थगित गरेका छन् ।
चिकित्सा शिक्षामा सुधारसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनुपर्ने माग राख्दै आएका डा. केसीले आज बिहीबारदेखि अनशन शुरु गर्ने तयारीमा थिए ।
पछिल्लो समयमा जुम्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र जुम्लाका स्थानीयले सत्याग्रह केही समय रोकिदिन गरेको आग्रहअनुसार अनशनलाई केही समय स्थगित गरेको बताइएको छ ।















प्रतिक्रिया