१ कार्तिक २०८३, शनिबार

नेकपा सचिवालय बैठक ३ बजेलाई सारियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।

बिहीबार बिशान ११ बजे बस्ने पूर्वनिर्धारित समय परिवर्तन गरी आजै दिउँसो ३ बजेका लागि बैठक सारिएको हो । बैठकअघि बैठकको केही तयारी गर्नुपर्ने भएर बैठक दिउँसोका लागि सारिएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकले राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने या नदिने विषय टुंगो लगाउने छ ।

प्रधानमन्त्री ओली खतिवडालाई नै दोहोर्याउने पक्षमा छन् भने वामदेव गौतमले राष्ट्रियसभामा जान इच्छा देखाएकाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि वामदेवकै पक्षमा छन् ।

खतिवडालाई पर्सि शनिबारसम्म मनोनित नगरे उनको पद स्वतः सकिने भएकाले यो विषयमा भोलिसम्म टुङ्गोमा पुग्नु पर्ने बाध्यता नेकपालाई छ ।

साढे दुई वर्ष पहिले गोला प्रथाबाट खतिवडाको भागमा दुई वर्षे कार्यकाल परेकाले गएको फागुन २० गते उनको सांसद पद सकिएको छ । तर, सांसद नभएको व्यक्ति ६ महीनासम्म मन्त्री बन्न पाउने संविधानको प्रावधानअनुसार अहिलेसम्म मन्त्रीकै पदमा छन् ।

नेकपाको आजको सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि कार्यदलले दिएको प्रतिवेदनको विषयमा पनि छलफल हुनेछ ।