६ मंसिर २०८३, आइतबार

बागलुङमा भुजीखोलाको बाढीले किनारमा रहेकाे बस्ती बगायाे

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १८ भदाै । बागलुङ जिल्लामा अविरल वर्षाका कारण भुजीखोलामा आएको बाढीले किनारमा रहेका बस्ती बगाएको छ ।

बुधबार राति बाढीका कारण ११ जना सम्पर्क विहीन भएका छन् । एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको छ ।

ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनले भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोत, दोगाडी लगाएतका गाउँहरूमा भुजी खोला किनारमा रहेको बस्ती बाढीले बगाएको जानकारी दिइन् ।

बाढीकाे पूर्ण विवरण आएकाे छैन ।