१ कार्तिक २०८३, शनिबार

लिदी पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो, अझै २ जना बेपत्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १६ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

१७ वर्षीय सुवास पाख्रिनको शव मंगलबार भेटिएसँगै मृतकको संख्या ३७ पुगेको हो । पहिरोमा परी अझै २ जना बेपत्ता छन् । बेपत्ता दुई जनाको पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले बताएको छ ।

पहिरोमा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।