६ मंसिर २०८३, आइतबार

पाेखरामा सरकारी छाप दस्तखत किर्ते गर्ने व्यक्ति पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा, १५ भदौ । जिल्ला अदालत कास्कीको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने जिल्ला पर्वत मोदी गाउँपालिका-६ तिलाहार घर भएका ३७ वर्षीय निर्दोष गिरी, पोखरा महानगरपालिका-३३ लामगादीका २४ वर्षीय ऋषिराम गिरी र पाेखरा महानगरपालिका-२ हरिचोक ठेगाना भएका २२ वर्षीय असिम भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले निर्दोष र असिमलाई आफ्नै घर ठेगाना र ऋषिरामलाई सोही महानगरपालिका-२६ बिजयपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।