काठमाडाैं, १४ भदाै । काेराेना भाइरसकाे संक्रमणबाट ललितपुरकाे पाटन अस्पतालमा उपचाररत् तीन जनाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिएका छन् ।
उनले भैरहवाका पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताए । जलेश्वरकी महिलाको भने शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो ।















प्रतिक्रिया