११ कार्तिक २०८३, बुधबार

रसुवामा जंगली च्याउ खाएर सात जना बिरामी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १४ भदाै । रसुवाको आमाछोदिङ्माे गाउँपालिका-५ को भेठिगोठमा जंगली च्याउ खाएर बिरामी परेका सात जनाको स्वास्थ्यकर्मीले गोठमै पुगेर उपचार गरेका छन् ।

शनिबार बिहान च्याउ खाएका उनीहरू दिउँसो बिरामी परेका हुन् । च्याउ खाएकाहरू बिरामी परेको थाहा पाउनासाथ थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अभिनास भण्डारीको नेतृत्वमा ३ जना र थाम्बुचेत स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी उद्धारको लागि घटनास्थल गएका थिए ।

अहेव सुरेन्द्र रोकाया र डिल्ली रमण डाँगीले बिरामीको त्यहीँ बसेर उपचार गरिरहेका छन् ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-४ का २५ वर्षीय निहा लामा तामाङ, उनकी श्रीमती २५ वर्षीया बुटीमाया तामाङ, बहिनी ११ वर्षीया सुशीला तामाङ, धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका-१ का ३१ वर्षीय घले, २६ वर्षीय क्षितिज घले, उनकी श्रीमती २५ वर्षीया चोमाया तामाङ र ३० वर्षीया तितिमाया घले बिरामी परेका हुन् ।