
काठमाडौं, १३ भदौ । भक्तपुरका डेरी सञ्चालकले सडकभरी दूध पोखाएका छन् ।
निषेधाज्ञाका कारण विक्री नभएपछि रानीकोट डेरीका सञ्चालकले सूर्यबिनायकस्थित सडकमा दूध पोखाएका हुन् ।
किसानबाट संकलन गरेको दूध विक्री ठप्प भएपछि डेरीले सडकमा खन्याएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार उनीहरुले शनिबार बिहान दूध पोखाएका हुन् ।
भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ । त्यसबाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाईने भएकाले दूग्ध पदार्थको संकलन र विक्री प्रभावित भएको उनीहरुको भनाइ छ ।















प्रतिक्रिया