
काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसको तत्कालिन काठमाडौं निर्वाचन क्षेत्र नं. ८ का क्षेत्रीय पूर्वसभापति ६७ वर्षीय पन्नाकाजी महर्जनको शनिबार बिहान निधन भएको छ ।
काठमाडौं महानगरपालिका–१५, डल्लूस्थित आफ्नै निवासमा उनको निधन भएको हो । २०३६ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका महर्जनले पार्टीको नवौं महाधिवेशनपछि ३ पटकसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल ट्रेड युनियन कांग्रेस तदर्थ समिति काठमाडौंको पूर्ववरिष्ठ उपाध्यक्ष समेत थिए ।
उनको निधनप्रति पार्टी सभापति शेरबहादुर देउबाले गहिरो दुःख व्यक्त गरेका छन् ।
पञ्चायतकालदेखि नेपाली कांग्रेसको भूमिगत आन्दोलनमा सक्रिय रहेका पन्नाकाजी डेढ वर्षदेखि मिर्गौलासम्बन्धी गम्भीर रोगको सामना गर्दै आएका थिए ।
राजनीतिक यात्रामा पार्टीका प्रायः सबै शीर्षस्थ नेताहरुको फाइदाका लागि काम गरेका उनलाई बिरामी पर्दा भने पार्टीले कुनै वास्ता नगरेको उनको परिवारले गुनासो गर्दै आएको थियो ।















प्रतिक्रिया