
परासी, १३ भदौ । भारतीय केराको व्यापक आयातले नेपाली केराले बजार नपाइरहेको भन्दै किसानहरुले भारतीय केरा आयातमा रोक लाउन माग गरेका छन् ।
किसानको बारीमा केरा बोटमै पाकेर कुहिन थालेपनि उक्त केराले बजार पाउन सकेको छैन । तर, भारतबाट आयात गरिएका केरा भने नेपाली बजारमा छ्यापछ्याप्ती छन् । यसले किसानहरुमा निराशा थपेको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् ।
एकातिर खेतमा तयार रहेको केरा जिल्ला जिल्लामा निषेधाज्ञा र कोरोनाको माहामारीका कारण विक्रीवितरण भइरहेको छैन भने अर्कोतर्फ भारतीय सस्तो केरा नेपाली बजारमा आयात भइरहेकाले नेपाली केराले बजार पाउन सकेको छैन ।
भारतीय सस्तो केरा नेपाली बजारमा भित्रिरहेको तर नेपालमै उत्पादित केरा बजार पुर्याउन खोज्दा भने कोरोना संक्रमण फैलिने भन्दै विभिन्न स्थानीय तहका जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासनले अवरोध गर्ने गरेमा केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले दुःख व्यक्त गरे ।
हामी लाखौंको नोक्सानी बेहोर्ने तर भारतीय केराले नेपालमा राम्रो बजार पाउने अवस्थाले आफूहरुलाई निराश तुल्याएको उनको भनाइ छ ।
भारतीय केरा थोकमा, प्रति दर्जन १५ देखि २० रुपैयाँमा पाइने हुँदा उक्त केरा नेपाली केरा भन्दा १५ रुपैयाँ सस्तो पर्न जान्छ । अहिले जिल्लामा नेपाली केरा प्रतिदर्जन ३५ रुपैयाँ छ । भन्सार, क्वारेन्टाइन र एजेन्टहरुको सेटिङ्गमा व्यपारीहरुले केरा सस्तोमा सहजै आयात गर्न पाएपछि व्यपारीहरुले नेपाली केरातर्फ ध्यानै नदिएको उनको भनाइ छ ।















प्रतिक्रिया