
रुपन्देही, १३ भदौ । प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार १०१ पुगेको छ ।
जसमध्ये १ हजार २९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करीब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ ।
प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका थिए । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेका छन् ।
सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तुमा १ र नवलपरासी पश्चिममा ९१ जना रहेका छन् । प्रदेशमा ४ हजार ७०३ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया