
रुपन्देही, १३ भदौ । कोरोना महामारी तीव्र बन्दै गएसँगै यो वर्षको सम्पूर्ण चाडपर्व तथा विभिन्न क्रियाकलापहरु प्रभावित बनिरहेका छन् ।
यसैबीच नजिकिदै गरेको सोह्रश्राद्ध (पितृपूजन) को कार्य पनि प्रभावित हुने भएको छ । सोही सन्दर्भलाइृ दृष्टिगत गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भर्चुअव विधिद्वारा पितृहरुको श्राद्ध गर्न अनुरोध गर्दै सूचना नै जारी गरेको छ ।
समुदायस्तरमा कोरोना संक्रमण बढेको भन्दै नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्रश्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न गराउन नगरवासीमा आग्रह गरेको हो ।

एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरीकाले विद्युतीय (भर्चुअल) विधिबाट सोह्र श्राद्ध गर्न–गराउन नगरपालिकाले आह्वान गरेको हो ।
‘सोह्र श्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्रै सामेल हुने व्यवस्था मिलाउन आग्रह गर्दछौं’, नगरपालिकाले सार्वजनिक गरेको सूचनामा लेखिएको छ ।
यो वर्षको सोह्रश्राद्ध भदौ १७ गते बुधबादेखि शुरु हुँदैछ ।















प्रतिक्रिया