
काठमाडौं, १३ भदौ । संघीय संसदको संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ ।
यसअघि सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवहरु गेहेन्द्र राजभण्डारीलाई बेल्जियम र यूरोपियन युनियन, तापस अधिकारीलाई पाकिस्तान तथा रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिस गरेको थियो ।
समितिको शुक्रबारको बैठकले उक्त पदमा उनीहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।
प्रस्तावित व्यक्तिको संसदीय सुनुवाईबाट नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ । रासस















प्रतिक्रिया