काठमाडौं, १३ भदाै । नेपाल विद्युत प्राधिकरणले काठमाडौँको कालिकास्थान आसपासमा शनिबार बिहानदेखि नै विद्युत कटाैती भएकाे जनाएको छ।
रत्नपार्क वितरण केन्द्रको कालिकास्थानबाट विजय मेमोरियल स्कूलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म कालिकास्थान फिडर सट डाउन हुने प्राधिकरणले जानकारी दिएको हाे।
‘रत्नपार्क वितरण केन्द्रको कालिकास्थानदेखि विजय मेमोरियल स्कुलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म ११ केभी कालिकास्थान फिडर सटडाउन हुने हुँदा उक्त फिडरबाट वितरित कालिकास्थान आसपास क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै मर्मतको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकणले जनाएको छ।











प्रतिक्रिया