भरतपुर, १३ भदाै । चितवन जिल्लामा एक जना संक्रमित महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।
गोरखाकी सङ्क्रमित महिलाले भरतपुर अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । शल्यक्रियाबाट उनले जुम्ल्याहा बच्चा जन्माएकी हुन् । जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।
गोरखा नगरपालिका- १० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् ।
आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए ।











प्रतिक्रिया