काठमाडाैं, १३ भदाै । काेराेनाभाइरसकाे संक्रमणबाट धनुषा र पर्सामा थप २ जनाकाे मृत्यु भएको छ ।
धनुषाकोे नगराइन नगरपालिका- ७ डेवडिहाका ६५ वर्षीय पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएपश्चात वीरगञ्ज- १२ मुर्लीकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । देवडिहाका पुरुषको बिहीबार राति साढे ११ बजे मृत्यु भएको थियोे ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बुधबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे । प्रादेशिक अस्पतालमा ती पुरुषको उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिरहेको बेला बाटोमै मृत्यु भएको थियो ।











प्रतिक्रिया