६ मंसिर २०८३, आइतबार

पाल्पामा काेराेना संक्रमित ३० वर्षीया महिलाकाे मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १३ भदाै । पाल्पामा  कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

तानसेन नगरपालिका- ८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा शुक्रबार साँझ मृत्यु भएको हो ।

ती महिला ५ भदौमा स्वास्थ्य समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा ७ भदौमा उनको पीसीआर पोजिटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा उपचाररत उनको शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए । शाक्यका अनुसार मृतक महिला मुटु रोगीसमेत थिइन् ।