१ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमण नियन्त्रणमा सबैको साथ चाहियो : स्वास्थ्यमन्त्री ढकाल

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विद्यमान महामारी नियन्त्रण तथा रोकथामका लागि सबैको साथ आफूलाई आवश्यक रहेको बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको काम काम थप प्रभवकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग शुक्रबार छलल गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग छलफल गरेका छन् ।

छलफलमा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताउँदै काम गर्ने क्रममा केही त्यस्ता कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताएका छन् । कतिपय अवस्थामा बनिसकेको कार्यबिधि वा निर्देशिकाहरुमा पनि त्रुटि रहेको छ भने त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको यनको भनाइ छ ।

मन्त्री ढकालले चिकित्स, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नु पर्ने बताएका छन् । मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने बताए ।

उनले यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी १०० प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको बताउँदै असार सकिएका कारण नयाँ आर्थिक वर्षमा पहिलेको जस्तो व्यवस्था हुँदैन कि भनेर चिन्ता नगर्न अनुरोध गरेका छन् । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबैसँग समन्वय गरेर नै महामारीविरुद्धको लडाँइमा विजय प्राप्त गर्न सकिने उनको दृढ विश्वास छ ।

महामारीको समयमा साझा प्रयत्नले चुनौतिको सामना गर्न सरल हुने भन्दै मन्त्री ढकालले समय समयमा प्रतिनिधिमुलक ढंगका यस्ता छलफल जारी राख्ने बताएका छन् । छलफलमा सहभागीहरुले महत्वपूर्ण सुझावका साथै आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।