१ कार्तिक २०८३, शनिबार

उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार २२९ वटा स्वाब परीक्षण गर्दा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

उपत्यकामा बिहीबार ३७७ जना कोरोना संक्रमित थपिएका थिए । केही दिनयता काठमाडौं र उपत्यकाका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ ।

बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित फेला परेका थिए ।