१ कार्तिक २०८३, शनिबार

उपत्यकामा ४१५ सहित थप ९२७ जना कोरोना संक्रमित थपिए

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनासहित ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार २२९ वटा स्वाब परीक्षण गर्दा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ ।