६ मंसिर २०८३, आइतबार

उपप्रधानमन्त्री पोखरेलमाथिको प्रहार किन ?

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेपाली कम्युनिस्ट आन्दोलनमा सशक्त र प्रभावकारी उपस्थिति जनाइरहेका दोस्रो पुस्ताका सिनियर नेता हुन् नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ।

तत्कालिन नेकपा नेकपाको युवा पुस्ताको नेतृत्वमा कुशल हस्तक्षेप गर्न सक्ने पोखरेलको अग्रगामी यात्रालाई रोक्नका लागि एकीकरणयता निक्कै कुत्सित र प्रायोजित कामहरू छारस्ट गरिएका छन् । एमालेमा दुई पटक निर्वाचित महासचिव भएका पोखरेललाई आगामी नेतृत्वका रुपमा अगाडि सारिएको थियो । तर नेकपा माओवादी केन्द्रसँगको एकीकरणमा उनको ‘ब्लाइन्ड समर्थन’ भएपछि देशमा ठूलो पार्टी बन्यो, नेकपा ।

गुरिल्ला शैलीमा पोखरेलविरुद्ध अहिले व्यापक प्रचारबाजी भएको छ । राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष नियुक्त भएका प्राडा उपेन्द्र कोइराला सम्धी भएकै नाताले पोखरेलमाथि राजनीतिक प्रहार गरिन थालिएको हो । जसको जवाफ पोखरेलले सामाजिक सञ्जालमार्फत दिएका छन् । पोखरेलसँग नाता जोडिएको ५ बर्षमात्रै भएको छ । तर, २५ बर्ष अघिदेखिको कुरा जोडेर पोखरेललाई गाली गरिएको छ । यसो त कोइरालाको नियुक्तिबारे पोखरेल नै जानकार नरहेको र नियुक्तपछि मात्र जानकारी पाएको पारिवारिक स्रोतले दैनिक नेपाललाई जनाएको छ ।

यति मात्र होइन, कोभिड–१९ उच्चस्तरीय रोकथाम नियन्त्रण समितिको संयोजक समेत रहेका उनलाई ठेक्का प्रकरणमा बदनाम गराउने कोशिश गरियो, छोराको नाम जोडेर । पोखरेलले भनेका छन्, ‘यस्ता प्रकरणमा मेरा परिवारका कोही सदस्यको संलग्नता वा मेरो नाममा संलग्नता रही नराम्रो गरेको भन्ने प्रमाणित हुन्छ भने म चुनौति दिन्छु ।’

हालका विविध प्रयोगले पोखरेलको राजनीतिक उचाईलाई गिराउने प्रयत्न भएको उनी निकटवर्तीको बुझाई छ । नेपाली कम्युनिस्ट आन्दोलनमा प्रभावकारी र नेतृत्वमा हस्तक्षेपकारी भूमिकामा सक्रिय रहेका उनी तराई मधेसदेखि पहाड र हिमालसम्म पनि संगठनात्मक रुपमा खटिएको पृष्ठभूमीबाट आएका हुन् ।

‘संगठनात्मक हिसाबमा राम्रो रहेको, पार्टीका कार्यकर्ताबीच भिज्न सफल भएको देखेपछि अनेक विषयमा जोडेर बदनाम गराउने कोशिश गरियो’, उच्च स्रोतले भन्यो ।

त्यसो त नेकपा एकीकरणका क्रमदेखि नै उनको राजनीतिक साखलाई गिराउने अनेक प्रकारका प्रस्ताव नआएका होइनन् । कतिपय प्रयोग पनि गरिए । तत्कालिन एमालेको निर्वाचित महासचिव हुँदाहुँदै उनलाई सचिवालय सदस्यमा मात्र सीमित राखियो । ‘तैपनि एकीकरणले नेपालको कम्युनिस्ट आन्दोलनको उचाई अझ बलियो हुने ठानेर साना विषयमा अल्झिनु भएन, बरु एकीकरणकै पक्षमा सैद्धान्तिक मार्गदर्शन बलियो हुनुपर्छ भन्नेतिर लाग्नुभयो’, स्रोतले भन्यो ।

पार्टीमा सैद्धान्तिक बहसका क्रममा जनताको बहुदलीय जनवादलाई आधिकारीक लाइनबाट अघि बढाउनुपर्छ भन्दै नेता मदन भण्डारीको प्रतिपादनलाई निरन्तरता दिएका पोखरेललाई स्कुल विभागमा रोक्नका लागि पनि अनेकन प्रयत्न भए । कतिपय पूर्वएमालेका बरिष्ठ नेताहरू नै उनको विरोधमा उभिए । तैपनि डेग नछाडेका पोखरेललाई नै स्कुल विभागको जिम्मा दिइयो ।

‘खासगरी एमालेमा पोखरेलइतर माओवादीका नेताले स्कुल विभागमा रुचाएका थिएनन् । पोखरेलको राजनीतिक बेग र क्षमतासँग त्रसितले यस्ता प्रयत्न गरेका थिए तर स्कुल विभाग सम्हाल्न सक्ने अर्को कोही पनि निस्कन सकेन’, उच्च स्रोतले भन्यो ।

सैद्धान्तिक लाइनदेखि स्कुल विभागसम्म रोक्न नसकेकाहरू सम्धी प्रकरणको कुत्सित प्रायोजनले नेता पोखरेलमाथि राजनीतिक आक्रमण गर्न व्यस्त छन् । अझ पूर्वमाओवादी पक्षधरबाटै सामाजिक सञ्जालमा भएको कुप्रचारले पनि यसको उद्देश्य प्रष्टै पारेको छ ।

यसो त पोखरेललाई अर्थ मन्त्रालयको जिम्मेवारीको सर्तसहित सरकारमा उपस्थिती अनिवार्य गराउने विषय अगाडि आएको थियो । तर, पोखरेललाई अझ गिराउनका निम्ति उनैले राष्ट्रिय सभामा ल्याएका डा. युवराज खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइयो, पोखरेलले त्यसलाई पनि स्वीकार गरे ।

उपप्रधानमन्त्रीको जिम्मेवारी नदिने भन्ने चर्चाबीच उपेन्द्र यादवको तत्कालिन संघीय समाजवादी सरकारमा आउने भएपछि उपप्रधानमन्त्री दिनुपर्ने बाध्यता आइलागेपछि पोखरेललाई बरिष्ठताका आधारमा उपप्रधानमन्त्रीको जिम्मेवारी दिइयो ।

‘अनेक ठाउँमा रोक्ने प्रयास भयो । तर, एउटा वेग र लाइनमा बगेको नदीजस्तै पोखरेलको राजनीतिक लय कतै पनि बिचलित भएन, अन्यले झुक्नुपर्ने अवस्था आयो’, उच्च स्रोतले भन्यो,‘तर अहिले विचलित बनाउनका लागि प्रायोजित रुपमा पारिवारिक सम्बन्ध र नाताका विषयलाई उठाएर बदनाम गराउन खोजिँदैछ ।’

पोखरेल विभाजनको संघारमा पुगेको नेकपालाई जोगाउनका निम्ति हालै मात्र पनि पटक–पटक अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्शमा सक्रिय रहेका थिए । उनको एउटै मान्यता छ– नेकपा जोगिनुपर्छ । तर, नेकपाकै कतिपय नेताहरू भने पोखरेललाई नै राजनीतिक रुपमा गिराउने अनेक हत्कण्डामा लागि परेका छन् ।

कतिसम्म भने कोभिड–१९ को महामारीका बेला दुबईमा नेपालीलाई उद्दार गर्न गएको जहाज रित्तै फर्काउने काममा समेत पोखरेललाई दोषी बनाएर जोडियो । यो प्रचारबाजी र नेपालीले पाएको दुखबारे विचरण गरेका उनले आफूलाई समेत बदनाम बनाउने चर्चाको प्रत्युत्तरमा पुनः जहाज पठाउने निर्णय गराउन सफल भए ।