१ कार्तिक २०८३, शनिबार

सैनिक अस्पतालमा कार्यरत ९ जनामा कोरोना संक्रमण पुष्टि

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा केही समयलाई स्थगित गरेर डिस्इन्फेक्ट गरिएको छ । योसँगै हालसम्म ४०३ जना नेपाली सेनाका अधिकारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११६ जना निको भइसकेका छन् ।