१ कार्तिक २०८३, शनिबार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६२ हजार नजिक, २४ घण्टामा ७५ को ज्यान गयो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६२ हजार नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ७५ जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ६१ हजार ५२९ पुगेको छ ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ७७ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७७ हजार २६६ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३३ लाख ८७ हजार ५०१ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख ८३ हजार ९४८ संक्रमित निको भइसकेका छन् ।