
काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानलाई केन्द्रित गरेर भोलि शनिबार सचिवालय बैठक बस्दैछ ।
सोही सन्दर्भलाइ लिएर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा ठोस एजेन्डामा छलफल नभए पनि उनीहरुले भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
भोलिको बैठकको तयारीका साथै पार्टीभित्रको समस्या समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लगायत विषयमा पनि छलफल भएको भइरहेको बतायएको छ ।















प्रतिक्रिया