१ कार्तिक २०८३, शनिबार

डेलिभरी अत्यावश्यक सेवामा नपर्ने प्रशासनद्वारा स्पष्ट, ८० जना परे कारबाहीमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । अत्यावश्यक सेवामा नपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होम डेलिभरी गर्न रोक लगाएको छ ।

पकाइएको खाद्यवस्तु घर–घरमा पुर्याउने डेलिभरी सेवा बढेको र त्यसले समाजमा कोरोना भाइरसको संक्रमण फैलाउन मद्दत पुर्याउने भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्न भनेको हो । आदेश उल्लंघन गर्ने जो कसैलाई प्रचलित कानून्अनुसार कारबाही गरिने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार पानी, औषधि र स्वास्थ्य सामग्री विक्री गर्ने पसल जुनसुकै बेला पनि खोल्न पाइने छ । तर, अत्यावश्यक वस्तु अन्तर्गतका खाद्य, दूध, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु आदिका बिक्री भने बिहान सवा ९ बजेसम्म मात्र गर्न पाइने छ ।

यस बाहेकका होटल, रेष्टुराँ सबैको सेवा बन्द भएकाले होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । बाहिरको खाजा खानाले सङ्क्रमणको जोखिम थप बढ्न सक्ने भएकाले प्रशासनले घरभित्रकै खाना खान पनि आग्रह गरेको छ ।

यसैबीच बिहीबार होम डेलिभरी गर्ने विभिन्न संस्थाका ८० जनालाई प्रहरीले पक्राउ गरी कागज गराएर बेलुका छोडेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बिहान सवा ९ बजेपछि होम डेलिभरी गर्नेलाई पनि रोक्ने यसअघिकै आदेश भएकाले उनीहरुलाई रोकेको र अब पनि नियमको अटेर गरे रोक्ने बताए ।