११ कार्तिक २०८३, बुधबार

राेल्पामा कुटपिट गरी हत्या गर्ने व्यक्ति पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oliceरोल्पा, १२ भदौ । राेल्पा जिल्लाकाे परिर्वतन गाउँपालिका २ बागमारा बादी टोल बस्ने ४० वर्षीय मनबहादुर बादीको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ४४ वर्षीय रामचरण बादीलाई प्रहरीले पक्राउ गरेको छ ।

रामचरणलाई बिहीबार बिहान पक्राउ गरेकाे जनाएकाे छ । प्रहरीले  रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मनबहादुरलाई एक्कासि चिरपट दाउराले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले रामचरण बादीलाई नियन्त्रणमा लिएको जनाएकाे छ ।