लण्डन, ११ भदाै । लियोन महिला च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।
बुधबार राति भएको सेमिफाइनलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) को महिला टोलीलाई १–० ले पराजित गरी लियोनले फाइनलमा स्थान बनाएको हो ।
लियोनको जितमा वेन्डी रेनार्डले गरेको गोल नै निर्णायक बन्यो । रेनार्डले च्याम्पियन्स लिगमा अहिलेसम्म २४ गोल गरिसकेकी छन् ।
फ्रान्सेली क्लब लियोनले उपाधिका लागि आइतबार राति वुल्फबर्गको सामना गर्ने छ । लियोनले अहिलेसम्म कुल ६ तथा लगातार चारपटक उपाधि जितिसकेको छ ।















प्रतिक्रिया