७ कार्तिक २०८३, शनिबार

‘सम्धी भनेर चरित्र हत्या गर्ने ? समाचार लेख्ने पत्रकारहरू परिचालित हुन्’

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका सदस्य प्रा.डा.उपेन्द्र कोइरालाले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग नाम जोडेर चरित्र हत्या गरिएको भन्दै चिन्ता जनाएका छन् ।

युट्युब च्यानल ‘सुनौलो नेपाल टिभी’सँगको अन्तर्वार्तामा डा.कोइरालाले उपप्रधानमन्त्री पोखरेलको बदनाम गर्न खोजिएको बताए ।

‘सम्धी हुन नपाइने ? बुहारी हुन नपाइने ? ज्वाइँ हुन नपाइँने ?’, उनले भने, ‘मैले पीएचडी गर्दा ईश्वर पोखरेलले गरेको त होइन होला ? उहाँसँग सम्बन्ध जोडिनु अगाडि पनि विभिन्न नियुक्तिहरू पाएँको थिएँ । त्यसमा पनि उहाँको सहयोग थियो र ?’

नेपाल आयल निगम, नेपाल खाद्य संस्थान, उच्च माध्यामकि शिक्षा परिषद्, मध्यपश्चिमाञ्चल विश्वविद्यालय लगायतमा जिम्मेवारी सम्हालेका बेला राम्रो काम गरेको बताए ।

डा.कोइरालाले आफ्नो योग्यता र क्षमताले राष्ट्रिय वाणिज्य बैंकको सदस्य र त्यसपछि अध्यक्ष बन्ने प्रक्रियामा रहेको बताए ।

उनले आफूविरुद्ध समाचार लेख्ने पत्रकारहरू कहिँ कतैबाट परिचालित भएको बताए । ‘मेरोविरुद्ध समाचार लेख्ने पत्रकारहरू मसँग आँखा जुधाएर कुरा गर्न सक्दैनन्’, उनले भने, ‘ती पत्रकारहरू कतैबाट परिचालित छन् ।’