बुटवल, ११ भदाै । रुपन्देहीको बुटवल र भैरहवामा रहेका २५ कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।
बुटवलको इलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ६ जना कार्यकर्तासहित १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। भैरहवाका १५ कैदीबन्दी कोरोना संक्रमित भएका छन् ।
साउन १६ गते बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जबाट पक्राउ परेका १० कार्यकर्तामध्ये छ जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।
पक्राउ परेका १० जनामध्ये पाँच जनालाई रुपन्देही जिल्ला अदालतमा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको छ भने पाँच जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अभद्र व्यवहार मुद्दा लगाइएको छ।











प्रतिक्रिया