
बाग्लुङ, ९ भदौ । अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बाग्लुङको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ ।
ढोरपाटन नगरपालिका–२ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारकी १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट सोमबार राती १ बजेको समयमा खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको हो ।
प्रकाश परियारका दुई घर रहेको र एक घरमा परिवारका अन्य सदस्य सुतेको र मृतक पूजा अर्को घरमा सुतेको अवस्थामा पहिरोले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्य बाँच्न सफल भएको बताइएको छ ।















प्रतिक्रिया