
म्याग्दी, ९ भदौ । म्याग्दीमा एकै दिन ४ जनामा डेंगु र स्क्रबटाइफसका बिरामी भेटिएका छन् ।
उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये ३ जनामा डेंगु र स्क्रबटाइफस भएको हो ।
बेनी नगरपालिका–४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षका पुरुषमा डेंगु र स्क्रबटाइफस भएको हो ।
यस्तै अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी ३३ वर्षीया महिलामा भने डेंगु मात्र देखिएको छ । उनीहरु स्थानीय किसान हुन् । उनीहरु सबैको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
म्याग्दीमा यस वर्ष ३७ जना डेंगु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन् ।















प्रतिक्रिया