
काठमाडौं, ९ भदौ । आज देशभर मौसम बदली भइ केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
हाल उत्तरी बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फयुक्त हावाको प्रभाव रहेकाले सो सम्भावना रहेको विभागको भनाइ छ ।
मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ । यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय र पहिरो जान सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।















प्रतिक्रिया