
पोखरा, ९ भदौ । पोखरामा ११ जनासहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार पोखरामा थपिएका ११ जना पोखरा नगरपालिका भित्रका मात्रै हुन् । पोखरामा १ जना पत्रकार, २ जना सुरक्षाकर्मी र १ जना दुबईबाट फर्किएका व्यक्ति समेत संक्रमित बनेका छन् ।
मंगलबार नै तनहुँको भानु नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८०८ पुगेको छ । १ हजार ६ सय ३९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया