३० आश्विन २०८३, शुक्रबार

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

कोरोनाबाट मृत्यु भएका म्याग्दीका ४७ दिनका बालक थपिएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

गत असार १७ गते उपचारको क्रममा कोरोनाका कारण काठमाडौंमा मृत्यु भएका म्याग्दी धौलागिरी गाउँपालिका–४ का बालकलाई स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको तथ्यांकमा समावेश गरेपछि मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसो एक विज्ञप्ति जारी गरी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या अपडेट गराएको हो । गण्डकी प्रदेशमा कोरोनाबाट कास्की र स्याङजाका २/२ जना तथा तनहुँ, गोरखा, बागलुङ र म्याग्दीका १/१ जनाले ज्यान गुमाएका छन् ।