
काठमाडौं, ८ भदौ । कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्वका अधिकांश देश स्वास्थ्य संकटमा परिरहेका बेला केही देशमा भने अहिले सम्म कोरोना संक्रमण भित्रिएको छैन ।
संसारका २१३ देश कोरो संक्रमणबाट आक्रान्त भइरहेका बेला पलाउ, माइक्रोनेशिया, मार्शल आइल्यान्ड, नाउरु, किरिबाती, सोलोमन आइल्यान्ड, तुवालु, समोआ, भानुअतु र टोङ्गामा भने अहिलेसम्म कोरोना भित्रिएको छैन ।
गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण त्यसको केही हप्तामा नै विश्वका धेरै देशमा फैलियो । अहिले विश्वका २१३ देश कोरोनाविरुद्ध लडिरहेका छन् ।
यो रोगबाट अहिलेसम्म विश्वका ८ लाख १२ हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने २ करोड ३६ लाख भन्दा धेरै मानिस संक्रमित छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विश्वका उल्लेखित १० वटा देशमा भने अहिलेसम्म कोरोना सङ्क्रमण पुगेको छैन । कोरोना सङ्क्रमण नदेखिए पनि यी देशमा कोरोनाले भने असर चाहिँ पुर्याएको छ ।
कोरोनाका कारण विश्वकै अर्थतन्त्र डामाडोल भएकाले ती देशमा पनि आर्थिक समस्या परेको खबरमा उल्लेख छ ।















प्रतिक्रिया