३० आश्विन २०८३, शुक्रबार

पोखराका होटेललाई ‘पे–आइसोलेसन’ बनाउने तयारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ भदौ । कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुन सक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटेललाई ‘पे–आइसोलेसन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

महानगर प्रमुख मानबहादुर जीसीले लक्षणविना सङ्क्रमण देखिएका र अस्पताल लानु पर्ने अवस्था नभएका सङ्क्रमितहरु, जो पैसा तिरेर होटेलमा बस्न चाहन्छन् भने तिनीहरुका लागि ‘पे–आइसोलेसन’का लागि होटेलहरुको प्रयोग गर्न सकिने बताएका छन् ।

उनका अनुसार अहिले कृषि तालीम केन्द्रलाई ४० बेडको आइसोलेसन वार्डको रुपमा विकसित गरिएको र अब छिट्टै होटेलहरुलाई पनि ‘पे–आइसोलेसन’को रुपमा प्रयोग गर्न सम्बन्धित होटेलवालासँग छलफल भइरहेको छ ।

उनले हाल महानगरको सहकार्यमा ‘पे–क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको करीब ४०० जनाले यसको सुविधा लिएको जानकारी दिए । ‘पे–क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि २ हजार रुपैयाँसम्म मूल्य तोकिएको प्रमुख जीसीले बताए ।

पोखरा महानगरले कुषि तालीम केन्द्र, मालेपाटन, पदम नर्सिङहोम, लेकसिटी ब्लक बी र र्यालेचौर बेसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ बेडको ४ वटा क्वारेन्टिन सञ्चालन गरिरहेको छ । ती क्वारेन्टिनमा बस्न सकिने १ हजार २२७ जना जनामध्ये हाल जम्मा ७० जनामा मात्र रहेका छन् भने अरु घर फर्किसकेका छन् ।