२ कार्तिक २०८३, सोमबार

भारतमा एकै परिवारका ५ जनालाई घरमै झुण्ड्याएर हत्या

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत, ८ भदौ । भारतको मध्यप्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरूकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ।

परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीका अनुसार उनीहरूको हत्या गरिएको पाइएको हो।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ। ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ।

उनीहरू एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन।

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरूको सहयोगमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।

भारतीय राज्य मध्यप्रदेशको टिकामगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ। आइतबार राति घरका सबैजना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरूलाई जानकारी दिए।

खरेलले सञ्चारमाध्यमहरूलाई आफूहरूले वैज्ञानिकरूपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन्। रासस/एएनआई