
काठमाडौं, ८ भदौ । नेपाल पत्रकार महासंघले पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षणको माग गरेको छ ।
पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क परीक्षणको माग गरेको महासंघले बताएको हो । महासंघले विज्ञप्ति जारी गर्दै फिल्डमा खटिने सम्वाददाता र फोटो पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण गरिदिन माग गरेको हो ।
यस्तै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पत्रकारहरुलाई पनि महासंघले आग्रह गरेको छ । अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाइदिन महासंघले सञ्चार प्रतिष्ठानहरूलाई आग्रह गरेको छ ।
महासंघका अनुसार देशभर हालसम्म ३० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । आइतबार मात्रै अनलाइन खबर डटकममा डेस्क बसेर काम गर्ने ९ जना पत्रकारहरुमा कोरोना पुष्टि भएको समाचार सार्वजनिक भएको थियो ।















प्रतिक्रिया