३० आश्विन २०८३, शुक्रबार

वीरगञ्जमा थपिए ५३ जना कोरोना संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, ८ भदौ । वीरगञ्जमा आयल निगम र भन्सार कार्यालयका कर्मचारीसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राती गरिएको परीक्षणमा नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको हो । आयल निगमका ९ जना कर्मचारी र भन्सारका १ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।

आइतबार राति ३०५ जनाको स्वाब परीक्षण गर्दा ७ महिलासहित साढे २ वर्षदेखि ७२ वर्ष उमेर समूहका ५३ जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालले बताएको छ ।

५३ मध्ये १९ जना संक्रमित बाराका हुन् । संक्रमितमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।